जोखिमको ग्राफ उचालिँदो, संक्रमित र मृतकको सख्या तीव्र बन्दै

काठमाडौं – लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण हुन सक्ने देखिएको छ । पछिल्लो ३६ दिनयता शुक्रबार मात्रै सबैभन्दा धेरै ४ सय ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार मात्रै थप ५ जनाको मृत्यु भएको छ । मृतकको उमेर समूह अधिकांशको ४० देखि ६० वर्ष छ ।
पछिल्लो एक साताको अवधिलाई आधार मान्दा दैनिक ३ सय ४९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।
गत ७ साउनदेखि सरकारले लकडाउन अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएयता थप ४ हजार १ सय १९ जनालाई संक्रमण देखिएको छ । यस्तै, लकडाउन अन्त्य भएयता संक्रमित २७ जनाको मृत्यु गएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित ७० जनाको मृत्यु भएको छ ।
यस्तै, शुक्रबार काठमाडौं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै संक्रमित थपिनेहरूको उच्च संख्या हो । काठमाडौंमा मात्रै शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा कुल संक्रमितको संख्या ९ सय ८२ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा