भारतमा पहिरोमा पुरिएर कम्तिमा ९ जना को मृत्यु, ५७ बेपत्ता
एजेन्सी । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको उनीहरुले बताएका छन् । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बताएको उनीहरुको भनाई छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय एउटा बलियो टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिए । उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली गएको जनाइएको छ ।
मुख्यमन्त्रीको कार्यालयले पहिरोमा परेकाहरुलाई उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन सम्पर्क समेत गरेको थियो । अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पु¥याएको छ । यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी