केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सामेल प्रदेश–२ का कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण भेटिएपछि प्रधानमन्त्रीको कोरोना परीक्षण गरिएको हो ।

बालुवाटारबाट बिहान प्रधानमन्त्रीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो ।

उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.