प्राधिकरणको रु ४१ अर्ब ११ करोड बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यानं)ले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट बिनियोजन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको बजेट तथा नीति कार्यक्रममा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकता दिइएको छ ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरेको थियो । यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालु आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरेको हो ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यस पटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए । प्राधिकरणले संस्थागत सुधार, विमानस्थल विकास तथा स्तरोन्ति, सञ्चार उपकरण, सुरक्षा उपकरण तथा मौसमी उपकरण जडान, अन्तरराष्ट्रिय विमानस्थल विस्तार र जनशक्तिलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
विमानस्थल पूर्वाधारतर्फ प्राधिकरणले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थको निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । गौतमबुद्ध विमानस्थलको लािग अधिग्रहण गरिएको जग्गाको मुआब्जाका लागि प्राधिकरणले रु दुई अर्ब १६ करोड ८३ लाख विनियोजन गरेको छ ।
त्यस्तै पोखरा विमानस्थलको लागि गरिएको जग्गा अधिग्रहणलाई रु ७८ करोड विनियोजन गरिएको छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणलाई रु २० करोड व्यवस्था गरिएको छ । यो विमानस्थलको गुरुयोजना तयार गर्ने जनाइएको छ ।
यसैगरी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा प्रमाणित गर्ने, अन्तरप्रदेश उडानमा प्रोत्साहन दिने, आइटी नीति तयार गर्ने, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन योग्य बनाउने प्राधिकरणको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना