वीरगन्जमा कोरोनाका कारण थप एकको मृत्यु
वीरगन्जमा शुक्रबार कोरोना भाइरस कारण थप एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी ६५ वर्षीय पुरुषको गण्डकस्थितनारायणी अस्पताल विषेश कोरोना अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर सिंहले जानकारी दिए ।
शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
डाक्टर सिंहका अनुसार दमका रोगी ती पुरुषमा बिहीबार साँझ अचानक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो ।
एडभान्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।
नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको डाक्टर सिंहले बताए ।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै
-
कामना सेवा विकासद्वारा प्रहरीलाई गोप्रो हस्तान्तरण
-
नेपालका कुनैपनि उद्योगले कच्चा पदार्थ विदेशमा लैजान सक्ने
-
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
-
पाँच दलको साझा सङ्कल्प : निराशा चिर्ने, भरोसा जगाउने