केन्द्रीय संस्करण

बंगलादेशकी राजदूतद्वारा अर्थमन्त्रीसँग बिदाई भेट

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । 

आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेकी राजदूत साम्सले अर्थमन्त्रीसँग बिदाई भेट गरेकी हुन् । भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देशबीच सहकार्य भइरहेको धारणा व्यक्त गरे । 

उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे । अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए ।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे ।

उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तीव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटानबीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए । अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गतिअघि बढाईरहेको जानकारी दिए ।

लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्दै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे । 

अर्थमन्त्रीले राजदूतको नेपालको कार्यकाल सफल रहेकोमा खुशी व्यक्त गर्र्दै आगामी दिनमा समेत सहकार्य हुने अपेक्षासहित सफल यात्राको कामना गरेका थिए । भेटका अवसरमा राजदूत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइन् । 

वातावरणीय संवेदनशीलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै महामहिमले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरिन् ।

राजदूतले नेपालमा ७ वर्षको सफल कार्यकाल समापनपछि बंगलादेशको विदेश मन्त्रालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.