बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडाध्यक्षको परिवारमा ४ जना संक्रमित

शुक्रबार, २३ साउन २०७७, २० : ०६
शुक्रबार, २३ साउन २०७७

रौतहट । कोरोना परीक्षण नगरी अन्तेष्टि गरिएका वडा अध्यक्षको परिवारमा ४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन । परीक्षण नगरी अन्तेष्टि गरिएका इशनाथ नगरपालिका  ५ वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको परिवारमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 दुई सातादेखि रुधाखोकीसँगै ज्वरो आएर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नसिँग होममा लैजाँदै गर्दा गत १९ गते बिहान बाटोमै  मृत्यु भएको थियो ।

कोरोनाको हटस्पोट बनेको ईशनाथकै मृतक वडाध्यक्ष रहेको भए पनि परिवारका मानिसको जिद्दीको कारण उनको परीक्षण हुनसकेन । 

उनमा कोरोना संक्रमण हुनसक्ने  आशंका गरिएको थियो । मृत्यु भएको ३ दिनअघि ठाकुरको आरडिटी रिपोर्ट निगेटिभ आउँदा उनको स्वाब संकलन गर्न परिवारका मानिस न मानेको नगर स्वास्थ संयोजक ईस्राफिल खांनले जानकारी दिए ।

अन्तेष्टि लगत्तै उनको परिवारको स्वाब संकलन गरि पठाएकोमा आज आएको रिपोर्टमा ४ जना संक्रमित देखिएका छन् ।  शुक्रबार मृतक देवेन्द्र ठाकुरको श्रीमति, छोरा , छोरी लगायत ४ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ संयोजक खानले जानकारी दिए ।

संक्रमितहरु अहिले घरमै छन् । उपचारको लागि पठाउने र उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ संयोजक ईस्राफिल खानले बताए । समुदायमा संक्रमित भेटिएसँगै रौतहटमा कोरोना परीक्षण मा तीव्रता दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप