केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीले दिए राजपाक्षलाई बधाई

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गर्दै भावी दिनमा त्यसलाई अझ सुदृढ बनाउने इच्छा दोहो¥याएका थिए ।  टेलिफोन वार्ताका क्रममा उनीहरुले कोभिड–१९ विरुद्धका राष्ट्रिय अनुभव र दुवै देशका सरकारले त्यसका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न गरेका प्रयास र अनुभव आदानप्रदान गरेका थिए ।

परिस्थिति सामान्य बनेपछि उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने अभिलाषा पनि प्रधानमन्त्रीद्वयले व्यक्त गरेका थिए । भूकम्पपछि दुई सांस्कृतिकस्थलको पुनःनिर्माणका निम्ति सहयोग गरेकामा श्रीलङ्का सरकारप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.