शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिज लक्षित ‘आई पे रेमिट टिकटक च्यालेन्ज’ हुँदै, यसरी सहभागी हुन सकिन्छ

शुक्रबार, २३ साउन २०७७, १९ : १४
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ ।

साउन २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भदौं ६ गतेसम्ममा अपलोड गरिसक्नु पर्नेछ । 

टिकटक च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले रु. २०० को टपअप पाउनेछन् भने १ जना भाग्यशाली विजेताले नगद पुरस्कार रु. १५,००० जित्ने मौका पाउनेछन् । 

अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा कम्पनीको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप