शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार ज्ञानमणी नेपाललाई दिने निर्णय

शुक्रबार, २३ साउन २०७७, १९ : ०५
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणी नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजंकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम र सुशीलमान शेरचनको सिफारिस समितिको सर्वसम्मतिबाट उक्त निर्णय गरिएको हो ।

ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीका अनुसार नेपाललाई एक लाख एक हजार राशीको पुरस्कार प्रधान गरिने छ । त्यसरी ट्रष्टले यस वर्षको बीपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको संर्घषमा महत्वपूर्ण योगदान पुर्‍याउने होमनाथ दाहाललाई दिने निर्णय गरेको छ ।

उक्त सम्मान पुरस्कारको राशी एकाउन्न हजार रहेको छ । यी पुरस्कारहरु आगामी भदौ २४, गते बीपी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने छ ।

ट्रष्टले ०७१ देखिप्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको  छ ।  यसअघि २०७१ मा बीपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व. रत्नशम्शेर थापा र बीपी सेनानी सम्मान नृतन थपलियालाई प्रदान गरिएको थियो । 

यस्तै ०७२ मा बीपी साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व. तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।  २०७३ मा साहित्य सम्मान पुरस्कार साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।

 २०७४ मा साहित्य तर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो । यस्तै २०७५ मा साहित्यतर्फ रोचक घिमिरे र प्रजातन्त्र सेनानी सम्मान स्व. चक्र प्रसाद बास्तोलालाई प्रदान गरिएको थियो ।

गत वर्ष २०७६ मा बीपी साहित्य सम्मान तिल बिक्रम नेवाङ (बैरागी काहिला) र प्रजातन्त्र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप