शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी आचरण विपरित काम गर्ने असई निलम्बनमा

शुक्रबार, २३ साउन २०७७, १९ : ०१
शुक्रबार, २३ साउन २०७७

काठमाडौँ । आचरण विपरित काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले एकजना प्रहरी सहायक निरीक्षक (असई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुर दरबन्दी भएका सुरेश सहनी निलम्बनमा परेका हुन् । 

सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण फेला परेपछि उनलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी अंशुकुमार सिंहले बताए । निलम्बन नगरेर काम गर्न दिँदा झुट्टा प्रमाण संकलन गर्न सक्ने, आफू विरुद्धको सबुद प्रमाणहरु नष्ट गर्न सक्ने सम्भावना देखिएकाले थप अनुसन्धान गर्न भन्दै निलम्बन गरिएको डीएसपी सिंहको भनाइ छ । 

‘सहनीको व्यक्तिगत आचरण तथा व्यवहार नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण भेटिएको हुँदा निजले झुठा प्रमाण संकलन गर्न सक्ने, आफूविरुद्धको सबुद प्रमाणहरु नष्ट गर्नसक्ने सम्भावना देखिएकाले तत्काल निलम्बन गरिएको हो,’ प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश २ प्रहरी कार्यालयले प्रहरी आचरण विपरित काम गरेको पुष्टि भएपछि यसअघि पनि प्रहरी कर्मचारीहरुलाई निलम्बन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप