लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, २३ साउन २०७७, १८ : ५२
रौतहट । लागूऔषध मुद्दामा फरार एकजना प्रतिवादिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहट जिल्ला अदालत, गौरको लगत नं. १७५४ लागुऔषध मुद्दामा ६ महिना कैद र ५,०००।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नपा वडा नं. १ बस्ने ४१ वर्षीय सन्तोष भन्ने खिलनाथ दाहाललाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ परेका दाहाल लाई रौतहट जिल्ला अदालत गौरमा आवश्यक कार्वाहीको लागि पेश गरिने डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण