मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ज्योतिष’ अर्जुन क्षत्री पुर्पक्षका लागि जेल चलान

शुक्रबार, २३ साउन २०७७, १८ : ३२
शुक्रबार, २३ साउन २०७७

काठमाडौँ । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा पक्राउ परेका ‘ज्योतिष’ अर्जुन थापा क्षत्रीसहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौँको आदेशले क्षत्रीसँगै राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार रेग्मी र जगदिश खड्कालाई पुर्पक्षको लागि जेल चलान भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । 

यस्तै क्षत्रीसँगै पक्राउ परेका विजय रावल, राजेश गुरुङ, शंकर खड्का र श्याम सिंह थापा जनही १/१ लाख धरौटीमा रिहा भएको एसएसपी ज्ञवालीले बताए । त्यस्तै विवेक देवकोटा ५० हजार धरौटमा रिहा भएका छन् । 

गत २६ असारमा गैरकानुनी लाभ लिएको आरोपमा क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । 

नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा उनीहरु अख्तियारको फन्दामा परेका हुन् । 

क्षत्री यसअघि पनि नेपालमा ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप