केन्द्रीय संस्करण

भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

person explore access_timeसाउन २३, २०७७ chat_bubble_outline0

नयाँदिल्ली  । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७.३० प्रतिशतले बढेको पाइएको छ । 
भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । 

हाल भारतमा छ लाख ७ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् । –सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.