बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर, कहाँ कति ?

शुक्रबार, २३ साउन २०७७, १५ : २७
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ । 

एयरले नागरिकले छोटो समयमा सुरक्षित गर्न सकिने यात्रा, लामो अनि महंगो शुल्क तिरेर गरिरहनु परेको यस विषम परिरिस्थतीमा हवाई मार्गमार्फत उचित भाडादरमा यात्रा सहज बनाउन नयाँ भाडादर सार्वजनिक गरेको जनाएको छ । 

बुद्धले आज एक विज्ञप्ती सार्वजनिक गर्दै आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्ने र कोभिड–१९ महामारीको अवस्थामा पनि अति आवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ गरिरहनु परेको अवस्थामा हवाई सेवालाई पून संचालन गरी यात्रुलाई सहजता प्रदान गर्न नयाँ दर सार्वजनिक गरेको जनाएको छ ।

हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर साथसाथै हजारौं रुपैयाँ खर्च गर्न बाध्य भएका छन् । घण्टा भरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हनन गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।

संक्रमित व्यक्तिसँग असुरक्षित तवरले घण्टौ यात्रा गर्दा संक्रमण फैलिन सक्ने संभावना ज्यादा हुने भएकाले पनि पछिल्लो समय काठमाडौं उपत्यका तथा देशभित्र दिनहुँ संक्रमितको संख्या बढेको छ । 

अहिले बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ । हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पीपीई प्रदान गरिसकेको छ । 

संक्रमणरहित हवाई यात्राका लागि प्रतिवद्ध रहेको र यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको बुद्धले जनाएको छ । 
यस विषम् परिस्थितिमा हरेक नेपालीलाई सजिलै र सस्तो हवाई यात्रा गराउने उद्देश्यले बुद्धको भदौ १ देखि हुने हवाई उडानका लागि नयाँ भाडादर यस्तो छ । 

जसअनुसार शुरुवाती एकतर्फि हवाई भाडादर 
विराटनगर ३,०००
भैरहवा २७००
नेपालगञ्ज ४२००
पोखरा १९००
भद्रपुर ३४००
जनकपुर २७००
धनगढी ५४००

बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न हामीले एकद्वार प्रणाली अपनाएका छौं । जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको छ । यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने छौं । यसबाट राज्यलाई महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ भने देशको अर्थतन्त्र पनि चलायमान हुनेछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप