बुद्ध एयरले सिमरामा ७२ सिटे एटीआर ७२ बाट उडान गर्ने, परिक्षण उडान सफल

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।
काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर साउन २१ गते बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।
जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।
चैत ११ गतेअघि दैनिक ७–९ वटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।
नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।
बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ’डी’ जहाज रहेको छ । भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ ।
यात्रुको दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेसमास्क र फेश शिल्डको अनिवार्य प्रयोग लागु गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत
-
प्रधानमन्त्री ओलीको दृश्य काटिएपछि ‘राजागञ्ज’ सेन्सर पास
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित