शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा अन्तर्गतका सबै समितिका सभापति निर्विरोध

शुक्रबार, २३ साउन २०७७, १४ : ४२
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति चयन भएका छन् । त्यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा राम नारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप