कन्ट्याक्ट ट्रेसिङमा परेपछि अभिनेता अनमोलले गराए कोरोना परीक्षण
शुक्रबार, २३ साउन २०७७, १४ : ४०

काठमाडौं । अभिनेता अनमोल केसीले कोरोना परीक्षण गराएका छन् । केहि दिनअघि एउटा स्कुटरको विज्ञापन छायाँकन गरेका अनमोलले आफु संक्रमितको ट्रेसिङ्गमा परेपछि ‘कोभिड १९’को परीक्षण गराएका हुन् । उक्त विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड १९ पोजेटिभ देखिएको थियो । त्यसपछि उक्त यूनिटकै परीक्षण गर्ने क्रममा अनमोलको पनि परीक्षण गरिएको हो ।
दुई दिनअगाडि परीक्षण गराएका अनमोलको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ । उनलाई कुनै प्रकारको लक्षण समेत देखिएको छैन । उनी अहिले घरमै सामाजिक दुरी बनाएर बसेका छन् । लकडाउन अवधिभर घरमै रहेका अनमोलले लकडाउन खुला भएपछि भने केही विज्ञापनमा काम गरेका थिए ।