बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

शुक्रबार, २३ साउन २०७७, १४ : २४
शुक्रबार, २३ साउन २०७७

काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो । 

खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्रोतले जनाएको छ । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए । 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । 

घटनापछि फरार रहेका चौधरीले  सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई कैलाली क्षेत्र नम्बर १ बाट विजयी समेत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप