शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २३ साउन २०७७, १४ : २१
शुक्रबार, २३ साउन २०७७

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।  कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए ।

यसअघि बिहीबार राती पाटन अस्पतालमै कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।  ती पुरुष साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप