शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साम्राज्ञीको नयाँ फिल्ममा आना र मनिष

शुक्रबार, २३ साउन २०७७, १४ : ०८
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यी दुबै कलाकारको रुपमा फाइनल भएका हुन् ।

फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्मा समेत छानिएकी छन् । ३ कलाकारसँग निर्माण युनिटले बिहीबार  सम्झौता गरेको छ । प्रवेश पौडेलको निर्देशन रहने फिल्मको नाम भने जुर्न बाँकी छ । फिल्म यूवा मनोविज्ञानको कथामा निर्माण हुन लागेको हो ।

कोरोना महामारी सहज भएपछि फ्लोरमा जाने बताइएको फिल्ममा ‘डक्टर डेनिम’ को प्रस्तुति, छत्रजंग पाण्डे र अनुप पौडेल निर्माता रहेका छन् । फिल्मका सहनिर्माता करन साउद हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप