बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारबाट लगातार प्रहार

शुक्रबार, २३ साउन २०७७, १३ : ३४
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेताहरुबीच एकले अर्कोमाथि  प्रहार गर्ने शिलशिला नै चलेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयबीचको संवाद नै रोकिएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका नेताहरुमाथि निरन्तर प्रहार गर्न थालेका हुन् ।

 


बुधबार प्रचण्ड नेपाल पक्षले पत्रकारहरुसँग गरेको अन्तरक्रियालाई ओली पक्षले पार्टी फुटाउने रिहर्सल भनेको छ । नेताहरुले पार्टीको समस्या मिडियाकर्मीहरुसँग राखेको भोलिपल्ट बिहीबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाकै केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकता भाँड्न केही पत्रकारलाई बोलाएर ओलीविरुद्ध लेख्न लगाएको आरोप लगाएका थिए । त्यस्तै उनले आफ्नै नेताहरुलाई ग्याङ्ग अफ फोरको संज्ञा नै दिएका थिए ।

थापाले यस्तो लेखेको भोलिपल्ट अर्थात शुक्रबार ओलीकै राजनीतिक सल्लाकार तथा नेकपाका स्थायी समिति सदस्य विष्णु रिमालले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको पदमाथि नै प्रश्न उठाएका छन् । रिमालले ‘इनफ इज इनफ’ भन्दै  प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै ‘कम से कम पार्टी प्रवक्ता पदको लाज जोगाउन भनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रिमालले भनेका छन्, ‘विधि र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस ! पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् ! मुलुक संवेदनशील मोडमा छ महसुस होस् !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप