शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुशान्तको अकाउन्टबाट करोडौं निकालेको आरोप लागेकी रिया बयान दिन पुगिन् इडी कार्यालय

शुक्रबार, २३ साउन २०७७, १३ : ०६
शुक्रबार, २३ साउन २०७७

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको आरोपमा घेरिएकी अभिनेत्री रिया चक्रवर्ती प्रवर्तन निर्देशनालय अर्थात् इडीमा आफ्नो बयान दर्ता गर्न मुम्बईस्थित कार्यालय पुगेकी छिन् ।

यसअघि रियाले आफ्नो बयान दर्ता गराउने समय बढाउन आग्रह गरेकी थिइन् । रियाका अनुसार उनको याचिका सर्वोच्च अदालतमा विचाराधीन छ र सर्वोच्चको आदेशपछि नै इडीले बयान दर्ता गर्नुपर्छ ।

इडील रिया चक्रवर्तीलाई नोटिस जारी गर्दै शुक्रबार बयान दर्ता गर्न बोलाएको थियो ।

इडीले यो मामिलामा कथित आर्थिक अनियमिताको अनुसन्धान गरिरहेको छ । रियामाथि सुशान्तको खाताबाट १५ करोड निकालेर आफ्नो कम्पनीमा लगानी गरेको आरोप छ ।

सुशान्त सिंहको शव जून १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या ठानेर अनुसन्धान गरिरहेको छ ।

यसैबीच ईडीले सुशान्तका बिजनेस म्यानेजर श्रुती मोदीलाई पनि सोधपुछका लागि बोलाएको छ । सुशान्तका साथी सिद्धार्थ पिठानीसँग ८ अगस्टमा सोधपुछ गरिनेछ । रियाले सर्वोच्च अदालतमा याचिका दर्ता गरेर पटनमा उनीविरुद्ध दर्ता भउको मुद्दा मुम्बईमा स्थानान्तरण गर्न आग्रह गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप