बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

शुक्रबार, २३ साउन २०७७, १२ : ३५
शुक्रबार, २३ साउन २०७७

ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय  पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताएका हुन् ।

उनको उपचारको क्रममा  बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले  बताए ।  ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना  संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप