शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो

शुक्रबार, २३ साउन २०७७, ११ : ३५
शुक्रबार, २३ साउन २०७७

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप