पहिरोमा पुरिएर आमा–छोराको मृत्यु
बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको उनले बताए । सोह् वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भागेर ज्यान जोगाएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पूर्णरूपमा पुरेको स्थानीय महेश पन्तले जानकारी दिए ।
घरभित्र पुरिएका दुवै जनाको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।
मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको पन्तले बताए ।
सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।
लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम पनि बढ्दै गएको छ । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम छ । पहिरोले वर्षेनी खेतीयोग्य जमिन र धनजनमा समेत क्षति पु¥याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे