पर्सामा कोरोनाका कारण थप २ जनाको मृत्यु
वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
बिहिबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए ।
यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए । नारायणी अस्पतालको प्रयोगशालाबाट बिहिबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको पनि पिसिआर रिपोर्ट पोजेटिभ रहेको डाक्टर सिंहले बताए ।
मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका बृद्धको कोरोना परिक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो ।
पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी