कोरोना समुदायमा प्रवेशको आशंकामापछि स्वाब संकलनमा तिब्रता, रौतहटमा एक सताको लागि निषेधाज्ञा
रौतहट । रौतहटको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण छिरेपछी सार्वजनिक पदधारकको स्वाब संकलन सुरु गरीएको छ । बुधवार प्रादेशिक अस्पताल जनकपुरबाट आएको पिसिआर जाँचको रिपोर्टमा कटहरिया नगरपालिका वडा ५ बजारका एकजना युवामा कोरोना भाइरस पुष्टि भएको थियो ।
पेसाले टयाक्टर एजेन्सीमा काम गर्ने संक्रमित ३० वर्षीय युवा कहटसरया बजारका अधिकांश युवाहरुको संगतमा रहेका थिए । बुधवार नै चन्द्रनिगाहपुरबाट उनीसँगै अन्य चारजना युवक एउटै गाडीमा कटहरियासम्म आएका थिए ।
बजारको एकजना चिकित्सकको सलाहमा औषधि खाँदा ज्वरो र रुघाखोकी कम भएको र बुधवार रिपोर्ट आँउदा कोरोना पोजिटिभ भएको बताए । उनलाई आज गौरस्थित नसिङ क्याम्पसमा बनाइएको आइसोलेसनमा पठाइएको कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले बताए ।
उनको संगतमा रहेका ९ जनालाई हिजैदेखि कटहरिया माबीमा क्वारेन्टिन गरिएको छ । संक्रमितका घरका सबैजना सदस्य र ९ जना साथीको आज स्वाब संकलन गरिएको छ । त्यसैगरी कटहरिया स्थित सार्वजनिक पदधारकहरुको समेत स्वाब संकलन भएको छ ।
प्रहरी, पत्रकार, बैंकर्स, ब्यापारी,जनप्रतिनिधी लगायत शुक्रवार कटहरियामा एकसय ५३ जनाको स्वाब संकलनगरी जाँचको लागी हेटौंडा अस्पताल पठाइएको नगरप्रमुख कुश्वाहाले जानकारी दिए ।
यसअघि मंगलवार राजदेवी नगरपालिकामा ४ जना,गौरमा १ जना र चन्द्रपुर नगरपालिकामा एकजनागरी ६ जना समुदायका मानिसमा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैजनाको परिवार तथा सम्पर्कका मानिसहरुको स्वाब संकलन भइरहेको सिडिओ घिमिरेले जानकारी दिए ।
यसरी समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण छिरेपछी स्थानिय प्रशासनले अगामी २४ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
सिडिओ बाशेदेव घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी जिल्लामा अगामी २४ गते देखि ३२ गते सम्म पूर्ण लकडाउन हुने सार्वजनिक गरेका छन् । मानिसहरुको आवागमन भइरहेकाले संक्रमणको जोखिम बढेको भन्दै भारतीय सीमानामा समेत कडाई गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’