बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना समुदायमा प्रवेशको आशंकामापछि स्वाब संकलनमा तिब्रता, रौतहटमा एक सताको लागि निषेधाज्ञा

बिहीबार, २२ साउन २०७७, २० : ४१
बिहीबार, २२ साउन २०७७

रौतहट । रौतहटको समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण छिरेपछी सार्वजनिक पदधारकको स्वाब संकलन सुरु गरीएको छ । बुधवार प्रादेशिक  अस्पताल जनकपुरबाट आएको पिसिआर जाँचको रिपोर्टमा कटहरिया नगरपालिका वडा ५ बजारका एकजना युवामा कोरोना भाइरस पुष्टि भएको थियो ।

पेसाले टयाक्टर एजेन्सीमा काम गर्ने संक्रमित ३० वर्षीय युवा कहटसरया बजारका अधिकांश युवाहरुको संगतमा रहेका थिए । बुधवार नै चन्द्रनिगाहपुरबाट उनीसँगै अन्य चारजना युवक एउटै गाडीमा कटहरियासम्म आएका थिए ।

बजारको एकजना चिकित्सकको सलाहमा औषधि खाँदा ज्वरो र रुघाखोकी कम भएको र बुधवार रिपोर्ट आँउदा कोरोना पोजिटिभ भएको बताए । उनलाई आज गौरस्थित नसिङ क्याम्पसमा बनाइएको आइसोलेसनमा पठाइएको कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले बताए ।

उनको संगतमा रहेका ९ जनालाई हिजैदेखि कटहरिया माबीमा क्वारेन्टिन गरिएको छ । संक्रमितका घरका सबैजना सदस्य र ९ जना साथीको आज स्वाब संकलन गरिएको छ । त्यसैगरी कटहरिया स्थित सार्वजनिक पदधारकहरुको समेत स्वाब संकलन भएको छ ।

प्रहरी, पत्रकार, बैंकर्स, ब्यापारी,जनप्रतिनिधी लगायत शुक्रवार कटहरियामा एकसय ५३ जनाको स्वाब संकलनगरी जाँचको लागी हेटौंडा अस्पताल पठाइएको नगरप्रमुख कुश्वाहाले जानकारी दिए ।

यसअघि मंगलवार राजदेवी नगरपालिकामा ४ जना,गौरमा १ जना र चन्द्रपुर नगरपालिकामा एकजनागरी ६ जना समुदायका मानिसमा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैजनाको परिवार तथा सम्पर्कका मानिसहरुको स्वाब संकलन भइरहेको सिडिओ घिमिरेले जानकारी दिए ।

यसरी समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण छिरेपछी स्थानिय प्रशासनले अगामी २४ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

सिडिओ बाशेदेव घिमिरेले एक विज्ञप्ति प्रकाशित गरी जिल्लामा अगामी २४ गते देखि ३२ गते सम्म पूर्ण लकडाउन हुने सार्वजनिक गरेका छन् । मानिसहरुको आवागमन भइरहेकाले संक्रमणको जोखिम बढेको भन्दै भारतीय सीमानामा समेत कडाई गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप