बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा शोक व्यक्त

बिहीबार, २२ साउन २०७७, १९ : २०
बिहीबार, २२ साउन २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गरेकी छन्। 

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरिन् ।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप