केन्द्रीय संस्करण

वीरगञ्जका अस्पताल धमाधम शिल, उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौं

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।  यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाडौं गएकी हुन् । वीरगञ्ज महानगरपालिका वडा नं. ६ बस्ने गर्भवती अन्नु क्याललाई काठमाडौं पठाइएको पर्सा प्रहरीले जनाएको छ । 

त्यसैगरी २१ गते बुधवार आर्दशनगरबाटै एकजना मुटुरोगी र श्वासप्रश्वासमा समस्या देखिएका अर्का एकजना बिरामी काठमाडौं गएका हुन् । मुटुरोगी वीरगञ्ज महानगरपालिका वडा न. १० आदर्शनगर निवासी ६५ वर्षीय घनश्याम चाचन र श्वास प्रश्वासमा समस्या देखिएका वीरगञ्ज महानगरपालिका वडा न. ४ बिर्ताका ४३  वर्षीय अरविन्द सिँह हेलिकप्टरमार्फत काठमाडौं गएका हुन् । 

यस्तै २२ गते बिहीवार पनि वीरगञ्ज महानगरपालिका वडा न. ६ निवासी डा. नविन चौधरीको गर्भवती श्रीमती ३१ वर्षीय अल्काकुमारी पनि काठमाडौं गएकी हुन् ।   यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थाले कोरोनाको आशंकामा भर्ना लिन छाडेपछि बिरामीहरु चार्टड हेलिकप्टरमार्फत उपचारको लागि काठमाडौं जाने क्रम बढेको हो । 

सम्पन्न परिवारका बिरामी हेलिकप्टरमार्फत उपचारको लागि संघीय राजधानी जाने क्रम बढेपछि विपन्न परिवारका विरामीहरुले स्थानीय चिकित्सकहरुमाथि गर्ने विश्वास टुट्न थालेको छ ।  हुने खाने परिवारका विरामी हेलिकप्टरमार्फत काठमाडौं गएर उपचार गराउँदा हुँदा खाने परिवारका सर्वसाधारण तथा गरिब बिरामीहरु रोगले पिल्सिएर बस्नुको विकल्प छैन । वीरगञ्जमा श्रावन महिना यता चिकित्सकहरु धमाधम कोरोना संक्रमीत देखिन थालेपछि उपचार गर्ने चिकित्सकहरुको अभाव भएको चिकित्सकको प्रतिक्रिया छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.