‘ज्यान लिने ५० रोगमध्ये कान्छो कोरोना,अरु रोगबाट पनि मान्छे नमरुन्’

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा केन्द्रीत हुँदा अन्य रोगको पनि उपचार सहज गर्नुपर्ने बताएका छन् । बिहिबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै उनले कोरोनाजस्तै अन्य मुख्य ५० वटा रोगबाट पनि मान्छेको ज्यान जाने भएकोले अन्य रोगबाट पनि बचाउनु दायित्व रहेको उल्लेख छ । उनले भने– ‘मान्छेको ज्यान लिने ५० वटा मुख्य रोगहरु छन्, जसमध्ये कोरोना कान्छो रोगमा पर्छ । कोरोनाका कारण अन्य रोगको जोखिमबाट मान्छे मर्नु नपरोस् ।’
उनले नागरिकहरुको स्वास्थ्य र आर्थिक जीवन सन्तुलित ढंगले अघि बढ्नुपर्ने बताउँदैं सरकारले विज्ञहरुसँग सुझाव लिदा लकडाउन सबै कुराको समाधान नभएको भन्ने आएको बताए । स्वास्थ्य क्षेत्रका र आर्थिक क्षेत्रका विज्ञले सरकारलाई ४ घण्टा लामो सुझाव दिएको उल्लेख गर्दै संक्रमण कम गर्न नागरिकको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरे ।
उनले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्न आग्रह गरे । अस्पतालमा आइसियूको संख्या बढ्दै गएको, रोकथाम र उपचारको थप व्यवस्था सरकारले गर्ने मन्त्री खतिवडाले बताए । काठमाडौं उपत्यकामा संक्रमितको जोखिम बढेकोले सरकारले आवश्यक कदम चालिरहेको बताए । यस्तै नागरिकलाई कुनै कुरामा जरुरी छैन भने सरकारी सेवा नलिनका लागि पनि आग्रह गरे । मिडियाले पनि संक्रमणको अवस्थाको बारेमा जानकारी दिने र सरकारले पनि त्यही अनुसार काम गर्ने मन्त्री खतिवडाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब करणले इमरानलाई टपलेस फोटोसुट गराए
-
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि चार अर्ब निकासा
-
पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष
-
कर्णाली नदीजन्य स्रोतको उपयोग तथा संरक्षण सम्बन्धी सुझाव समितिद्वारा प्रतिवेदन बुझाइयो
-
व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो
-
सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनका लागि सरकार छलफलमा