केन्द्रीय संस्करण

‘ज्यान लिने ५० रोगमध्ये कान्छो कोरोना,अरु रोगबाट पनि मान्छे नमरुन्’

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा केन्द्रीत हुँदा अन्य रोगको पनि उपचार सहज गर्नुपर्ने बताएका छन् । बिहिबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै उनले कोरोनाजस्तै अन्य मुख्य ५० वटा रोगबाट पनि मान्छेको ज्यान जाने भएकोले अन्य रोगबाट पनि बचाउनु दायित्व रहेको उल्लेख छ ।  उनले भने– ‘मान्छेको ज्यान लिने ५० वटा मुख्य रोगहरु छन्, जसमध्ये कोरोना कान्छो रोगमा पर्छ । कोरोनाका कारण अन्य रोगको जोखिमबाट मान्छे मर्नु नपरोस् ।’ 

उनले नागरिकहरुको स्वास्थ्य र आर्थिक जीवन सन्तुलित ढंगले अघि बढ्नुपर्ने बताउँदैं सरकारले विज्ञहरुसँग सुझाव लिदा लकडाउन सबै कुराको समाधान नभएको भन्ने आएको बताए ।  स्वास्थ्य क्षेत्रका र आर्थिक क्षेत्रका विज्ञले सरकारलाई ४ घण्टा लामो सुझाव दिएको उल्लेख गर्दै संक्रमण कम गर्न नागरिकको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गरे । 

उनले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्न आग्रह गरे । अस्पतालमा आइसियूको संख्या बढ्दै गएको, रोकथाम र उपचारको थप व्यवस्था सरकारले गर्ने मन्त्री खतिवडाले बताए । काठमाडौं उपत्यकामा संक्रमितको जोखिम बढेकोले सरकारले आवश्यक कदम चालिरहेको बताए । यस्तै नागरिकलाई  कुनै कुरामा जरुरी छैन भने सरकारी सेवा नलिनका लागि पनि आग्रह गरे ।  मिडियाले पनि संक्रमणको अवस्थाको बारेमा जानकारी दिने र सरकारले पनि त्यही अनुसार काम गर्ने मन्त्री खतिवडाको भनाई छ ।  


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.