हिमालय एयरले थप ४ उडान गर्ने
![हिमालय एयरले थप ४ उडान गर्ने](https://rpcdn.ratopati.com/media/albums/himalaya_air_A320_q1FKsm05wC.jpg)
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको जारी उडानमा हिमालय एयरलाइन्सले थप दुई दिन चार्टर्ड उडान गर्ने भएको छ । यसअघि जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म विभिन्न मुलुकमा उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो ।
हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने कम्पनीले आज विज्ञप्तिमार्फत उल्लेख गरेको छ । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका हुन् ।
यसअघिको तालिकाअनुसार पछिल्लो चरणमा हिमालयले पनि जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा १८ चार्टर्ड उडान गर्ने जनाएको छ । कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) को असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनम तेरी कसम–२ बनाउने तयारी
-
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
-
खेतबारीमा आएका बाँदर र बँदेल लखेट्दा मरेको खण्डमा कानुनी कारबाही हुन्छ ?
-
गोकुल बास्कोटाको कटाक्ष : चार प्रधानमन्त्री फेरिए‚ चार किलोमिटर बाटो बनेन
-
५.७८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा
-
समिति बैठकमा उद्योग मन्त्री र सांसदबिच चर्काचर्की