शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

बिहीबार, २२ साउन २०७७, १६ : ३६
बिहीबार, २२ साउन २०७७

पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
 मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । 

यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए । 

यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो । दम उच्च रक्तचापका विरामी उनँमा निमोनियाको पनि समस्या थियो ।यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप