केन्द्रीय संस्करण
समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो– कोरोना संक्रमित बढे, अस्पतालको बेडदेखि स्वास्थ्यकर्मीसमेतको अभाव हुन सक्छ

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

काठमाडौं । स्वास्थ्य मन्त्रालयले राजधानीसहित देशभर कोरोनाभाइरस संक्रमित बढ्दै गएको भन्दै स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने बताएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन  समेत आह्वान गरे । 

‘कोरोना संक्रमण वृद्धि हुँदै गएको छ । यसले अस्पतालको बेड, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने सम्भावना देखिएको छ’, गौतमले भने, ‘ अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्न मन्त्रालय अपील गर्दछ ।’

उनले सावधानी नअपनाए संक्रमित बढ्ने भन्दै यस्तो अवस्थामा अस्पतालले धान्न नसक्ने भएकाले बैलैमा होसियारी अपनाउन आग्रह गरे । यस्तै मन्त्रालयले सरकारी तथा गैरसरकारी कार्यालयमा सभासम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । 



रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.