आफ्नो पारिश्रमिक फिल्म कर्मचारीलाई दिने रोहितको निर्णय
बिहीबार, २२ साउन २०७७, १६ : ०६
मुम्बई । फिल्म निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण गरिएको लकडाउनका समय कयौं पटक गरिबको सहयोगी बनेका रोहितले यो पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतका फिल्ममा काम गर्ने मजदुरहरुलाई सहयोग गर्ने भएका हुन् ।
रोहितले अहिले प्रसारमा भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका हुन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने बताइएको छ ।
कोरोना भाइरस महामारीको सुरुका समय एफडब्युआईसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत ब्यवस्था मिलाइदिएका थिए । सो स्थान ड्युटिपछि प्रहरी कर्मचारी बस्नका लागि सदुपयोग गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा