मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालकसँग यौन सम्बन्ध राख्ने अमेरिकी शिक्षिकलाई २० वर्ष जेल सजाय हुनसक्ने

बिहीबार, २२ साउन २०७७, १५ : ३१
बिहीबार, २२ साउन २०७७

आफ्ना १३ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राख्ने शिक्षिकाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।  घटना अमेरिकाको टेक्सासको हो ।  
बासट्रोप हाइस्कुलमा गणित पढाउने हेली पार्डी गत साता पक्राउ परेकी थिइन् । उनी १ लाख अमेरिकी डलर जमानत बुझाएर जेलमुक्त भएकी छिन् । स्थानीय अधिकारीका अनुसार मुद्दा हारेमा उनीमाथि २० वर्षसम्म जेलसजाय हुनसक्छ । यस विषयमा सुनुवाईका लागि अदालतमा मिति तय भइसकेको छैन । 

प्रहरीकाअनुसार दुई वर्षअघि पार्डीले एक बालकलाई यौन दुव्यवर्हार गरेकी थिइन् । जतिबेला बालकको उमेर १३ र उनको उमेर २३ वर्ष थियो । स्कुलका प्रशासकहरुले यसबारे ९ महिनापछि अज्ञात व्यक्तिमार्फत सूचना पाएका थिए । अगस्ट २०१९ मा यस्तो सुचना पाएलगत्तै पार्डीलाई त्यही दिनदेखि बिदामा राखिएको थियो । नोभेम्बरमा सर्वसम्मत रुपमा बास्ट्रप विद्यालयको बोर्डले उनलाई बर्खास्त ग¥यो । 

यस्तो घटना हुनभन्दा केही महिनाअघि मात्रै उनले विद्यालयमा काम थालेकी थिइन् । ‘विद्यार्थी र शिक्षकको सम्बन्ध विश्वासको जगमा अडेको हुन्छ र जब विश्वास गुम्छ, तब यसले हामीलाई दुखित र आक्रोशित बनाउँछ,’ विद्यालयकी प्रवक्ता क्रिष्ट्री लिले भनिन् । 

पार्डीले टेक्सास स्टेट युनिभर्सिटीबाट २०१८ मा गणितमा स्नातक गरेकी थिइन् र त्यही वर्ष टेक्सास राज्य एकेडेमिक डिस्टिन्सन अवार्ड समेत जितेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप