मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा एकैदिन २५ जनामा कोरोना संक्रमण

बिहीबार, २२ साउन २०७७, १५ : २५
बिहीबार, २२ साउन २०७७

कपिलवस्तु जिल्लामा फेरि कोराना संक्रमिण बढ्न थालेका छन् । यसअघि कपिलवस्तुमा संक्रमित भएकाहरु अधिकांश निको भइसकेको अवस्थामा फेरि संक्रमित देखिन थालेका हुन् । 
कपिलवस्तु सदरमुकाम तौलिहवा र मायादेवीमा आज एकै पटक २५ जना संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आज पुष्टि  भएकामध्ये  तौलिहवाका २४ जना र मायादेबी गाउँपालिकाका एक जना हुन् । संक्रिमित भएहरु बैकका कर्मचारीदेखि स्वास्थ्यकर्मी समेत रहेका छन् ।

स्वास्थ्य कार्यालय अनुसार सदरमुकाम संक्रमितमा तौलिहवाका ६ बैंक तथा वित्तीय संस्थाका १३ जना, मेडिकल तथा पोलिक्लिनिकका २, गैरसरकारी संस्थामा कार्यरत ३ जना, स्वास्थ्यकर्मी १ जना, शिक्षक २ जना र बजार क्षेत्रका अन्य ३ जना रहेका छन् । संक्रमित स्वास्थ्यकर्मी कपिलवस्तुमा अस्पतालका हुन् । 

योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जसमध्ये ७ सय ४७ जना निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप