प्रहरी हेडक्वार्टरमा थपिए १० कोरोना संक्रमित
बिहीबार, २२ साउन २०७७, १५ : १०
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी हेडक्वार्टरमा ८५ संक्रमित पुगेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टि गर्दै भने, ‘संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ ।’
हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित भएको बताउँदै प्रवक्ता कठायतले ११९ जना निको भएर आफ्नो जिम्मेवारीमा फर्किसकेको रातोपाटीलाई जानकारी दिए ।
संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि...