केन्द्रीय संस्करण

पेरिसका तस्बिरले इन्टरनेटमा सनसनी

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

हलिउड अभिनेत्री पेरिस हिल्टन तस्बिरका कारणले बेलाबेलामा सामाजिक सञ्चालमा चर्चामा आउँछिन् ।  उनी सधैँ आफ्नो नयाँ लुक्स मार्फत फ्यानलाई खुसी समेत राख्ने गर्दछिन् ।
अहिले पनि पेरिसका केही नयाँ लुक्सका तस्बिर सार्वजनिक भएका छन् । जुन चर्चाको बिषय समेत बनेको छ । तस्बिरमा उनी बार्बी लुक्समा साइकल चलाउँदै गरेको देखिएकी छन् । जुन तस्बिरमा उनले क्यालिफोनियाको सडकमा खिचाएकी हुन् ।
पिंक साइकल चलाउँदै गरेको सो अवस्थामा उनको ड्रेसअप सोतो टप, निलो जिन्स र पिंक ज्याकेट रहेको छ ।

साइडमा पर्स भिरेकी पेरिसको आँखामा चस्मा छ भने कपाल उनले खुल्ला छोडेकी छन् । जसले उनको सौन्दर्यमा निखार ल्याएको चर्चा गरिएको छ ।
साइकलको अगाडि भागमा एक टोकरी समेत राखिको छ । जसमा पिंक कलरको ट्यान्डी र कुकुर समेत राखेकी छन् । पेरिसका यी तस्बिर इन्टरनेटमा भाइरहल समेत भइरहेका छन् । फ्यानले उनका तस्बिरलाई निकै मन पराईरहेका छन् ।
थुप्रै सुपरहिट फिल्म तथा टिभी शोमा काम गरिसकेकी पेरिस छोटो फिल्म ‘सरी’मा छिट्टै देखिने छिन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.