बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने

हतारिएर स्कुलहरु खोल्न खोज्नु घातक हुने
बिहीबार, २२ साउन २०७७, १३ : २८
बिहीबार, २२ साउन २०७७

यतिखेर शैक्षिक वर्ष खेर जान नदिने नामममा स्कुलहरु खोलिनुपर्छ भन्नेबारेमा आवाजहरु उठ्न थालेका छन् । सरकारको एउटा तप्काको सोच पनि त्यहीअनुसार देखिन्छ । कुराहरु सुन्दा र पढ्दा आम जनताको प्रतिक्रिया हेरेर सक्यो भने सरकारको तयारी भदौदेखि नै भर्ना प्रक्रियाको थालनी गरेर यथासक्य स्कुलहरु खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ ।

विश्व महाशक्ति अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष जोडबल पनि कोरोनाभाइरसको महामारीका बीच स्कुलहरु सञ्चालन हुनुपर्छ भन्ने देखिन्छ । यो कुरालाई उनकै टीमका स्वास्थयविद्हरुले पनि घातक हुने भनेर बारम्बार चेतावनी दिँदै आएका छन् ।

यसबीच अध्ययनहरुले देखाएको छ, सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमण वयस्कहरुमा भन्दा पनि युवा बच्चाहरुमा बढी घातकताका साथ सर्ने गरेको छ । यो अवस्थामा स्कुलहरु हतारिएर खोल्नु अत्यन्तै जोखिमपूर्ण हुने देखिन्छ ।

अमेरिका र इटालीमा गरिएका दुई नयाँ अध्ययनहरुको निष्कर्षअनुसार युवा बच्चाहरुमा यो महामारी अति चाँडो सर्ने गर्छन् र उनीहरु वयस्कको तुलनामा बढी यसको संवाहक हुने गर्छन् । यसो हुनुको कारणमा चाहिँ संक्रमित युवाबच्चाहरुमा सार्स–कोभ–२ भाइरसको लोड बढी हुने गरेको पाइएको छ । अमेरिकामा गरिएको एक अध्ययनमा बच्चा र वयस्कहरुको नाकको पछिल्लो हिस्सा ९लबकयउजबचथलह० मा सार्स–कोभ–२ भाइरसको उपस्थितिको परीक्षण गरिएको थियो । यो भनेको नाकको त्यो पछिल्लो भाग हो, जुन घाँटीको माथिल्लो क्षेत्रमा गएर जोडिएको हुन्छ । त्यस परीक्षणमा ५ वर्ष उमेृर आसपास वा त्यो भन्दा कम उमेरका बच्चाहरुमा कोभिड–१९ को मध्यमदेखि अलि चर्को खालको लक्षणहरु देखापरेको पाइएको थियो । यस उमेर समूहका बच्चाहरुको नाक र घाँटकिो सो हिस्सामा अलि बढी उमेर समूहका बच्चाहरु तथा वयस्कहरुको तुलनामा १० देखि १०० गुना बढी सार्स–कोभ–२ भाइरसको उपस्थिति देखिएको थियो ।

संक्रमित बच्चाहरुले हाँच्छिउ गर्दा सो भागमा जम्मा भएर बसेको कोरोनाभाइरसहरु हावामा निस्काशन भएर जाने गर्छ । हाँच्छिउ गर्नुका अलावा खोक्दा वा कुरा गर्दा पनि त्यसरी भाइरस हावामा फैलिइरहेको हुन्छ । यस आधारमा युवा बच्चाहरुले ठूला वा वयस्कहरुले भन्दा बढी दरमा भाइरस फैलाइरहेको हुने गर्छ भन्ने निष्कर्षमा अनुसन्धानकर्ताहरु पुगेका छन् ।

सोही अध्ययनमा ५ वर्षदेखि १७ वर्ष उमेर समूहका बच्चाहरुको नाक र घाँटीको सो हिस्सामा चाहिँ वयस्कहरुकै अनुपातमा भाइरसको मात्रा हुने गरेको पनि पाइएको छ । सो अध्ययनले निष्कर्ष निकालेअनुसार बच्चाहरुमा कोरोना संक्रमणको लक्षण नदेखिएपनि उनीहरुले कोभिड–१९ फैलाउने सम्भावना बढी रहन्छ ।

इटालीमा गरिएको अर्को अध्ययनमा चाहिँ वयस्कहरुको तुलनामा युवा बच्चाहरुमा संक्रमणको खतरा कम रहन्छ । बच्चाहरुले परिवारका सदस्यहरुलाई संक्रमित तुल्याउने सम्भावना बढी रहन्छ । तर उनीहरु संक्रमित भइहाल्ने सम्भावना पनि कम नै हुन्छ ।

तर सोही अध्ययनले देखाउअनुसार १४ वर्ष र युवा उमेर समुहका बच्चाहरुले भाइरसलाई बढी फैलाउने गर्छन् । उनीहरुले वयस्कहरुले भन्दा पनि तीब्र दरमा अन्य बच्चाहरु र वयस्कहरुमा भाइरसको संक्रमण फैलाउने गर्छन् । उनीहरुले कोभिड–१९ को संक्रमण सार्ने खतरा २२.४ प्रतिशत देखिएको थियो । जबकि ३० देखि ४९ उमेर समूहका वयस्कहरुमा यो खतराको दर ११ प्रतिशत मात्रै पाइएको थियो । यसको अर्थ के हो भने वयस्कको तुलनामा बच्चाहरुबाट संक्रमण फैलिने खतरा झन्डै दोब्बर हुने गर्छ ।

जर्मनीमा १ देखि ११ वर्ष उमेर समूहका ४७ जना संक्रमित बच्चाहरुमा गरिएको एक पछिल्लो अध्ययनअनुसार लक्षण नदेखिएका बच्चाहरुमा भाइरसको लोड वयस्कहरुको बराबर वा अझ त्योभन्दा पनि बढी रहेको पाइएको थियो ।

त्यसैगरी, फ्रान्समा गरिएको अध्ययनमा चाहिँ लक्षणरहित अवस्थाका संक्रमित बच्चाहरुबाट संक्रमण फैलिने सम्भावना लक्षण देखिएका बच्चाहरुकै हाराहारीमा रहेको पाइएको थियो ।

यी अध्ययनहरुले हत्तारिएर स्कुलहरु खोल्दा आउन सक्ने गम्भीर परिणामहरुतर्फ सचेत हुनुपर्ने आवश्यकता देखाउँदछ । खासगरी, बच्चाहरुबाट वयस्कभन्दा पनि बढी कोरोनाभाइरस संक्रमण फैलिन सक्ने विभिन्न अध्ययनहरुको नतिजाले चिच्याइचिच्याइ भनिरहेका छन् ः कोरोनाभाइरसको महामारीमाथि नियन्त्रण पाउने उपायहरु पत्ता नलागुन्जेलसम्म स्कुल खोल्ने कुरामा हजार पटक सोचिनु जरुरी छ ।

स्रोत : साइन्स नेचरपेज, जामानेटवर्क,  फोर्ब्स, न्यूयोर्क टाइम्स,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप