सिटीविरुद्ध रियलको टोलीमा अटाएनन् बेल
वेल्सका फरवार्ड गेराथ बेल रियल म्याड्रिडको २४ जनाको टोलीमा अटाउन असफल भएका छन् । रियलले शुक्रबार च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगत दोस्रो लेगमा म्यान्चेस्टर सिटीको सामना गर्दैछ ।
कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता स्थगित हुनअघि गत फेब्रुअरीमा भएको पहिलो लेगमा सिटी २–१ ले विजयी बनेको थियो । विजेता टोलीले क्वाटरफाइनलमा युभेन्टस वा लियोनमध्ये एकको सामना गर्नेछ ।
च्याम्पियन्स लिगका अन्तिम ८ देखिका सबै खेलहरु पोर्चुगलमा १२ अगस्तदेखि १२ दिनको अन्तरमा खेलाइनेछ । फाइनल २३ अगस्तमा तय भएको छ ।
यता, जुनमा ला लिगाको खेल पुनः सुचारु भएयता रियलका ११ खेलमा बेलले मात्र दुईवटा खेल खेलेका छन् । बेल सन् २०१३ मा त्यतिबेलाको कीर्तिमानी ८.५ करोड पाउन्डमा टोटनह्यामबाट रियलसँग अनुबन्ध भएका थिए ।
त्यसयता उनले रियललाई ४ वटा च्याम्पियन्स लिग जिताउन मद्दत गरेका छन् । उनले सन् २०१४ को फाइनलमा एथ्लेटिकोविरुद्ध विजयी गोल गरेका थिए भने सोही टोलीविरुद्ध सन् २०१६ को फाइनलमा पनि पेनाल्टी सुटआउटमा गोल गरेका छन् । सन् २०१८ को फाइनलमा लिभरपुलविरुद्ध बाइसाइकल किकबाट उत्कृष्ट गोलसहित २ गोल गरेका थिए ।
गत सिजन उनी चिनियाँ सुपर लिगमा जियाङसु सुनिङसँग आबद्ध हुने तयारी भएको थियो तर अन्त्यमा उक्त करार अन्त्य भएको थियो । सन् २०१९–२० सिजनमा उनले रियलका लागि मात्र १४ खेल खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल