शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुग्यो

बिहीबार, २२ साउन २०७७, ११ : २९
बिहीबार, २२ साउन २०७७

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप