बाबुआमालाई सम्बोधन गरेर सुसाइड नोट लेख्दै युवतीद्वारा आत्महत्या

काठमाडौँ । बुधबार एक बैंकको विराटनगरस्थित शाखा कार्यालयमा कार्यरत युवतीले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–८ सहयोगी टोलकी सनाज खतिवडाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले रातोपाटीलाई जानकारी दिए । विष पिएर घाइते अवस्थामा भेटिएकी उनको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको राईले बताए ।
आत्महत्या गर्नुअघि खतिवडाले लेखेको एउटा सुसाइड नोट समेत फेला परेको छ । सुसाइड नोटमा बाबु र आमालाई सम्बोधन गर्दै उनले आफूले आफ्नै कारणले मृत्युको बाटो रोजेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको डीएसपी राईले बताए ।
बैंकमा आफ्ना बुबाको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको समेत ती युवतीले सुसाइड नोटमा उल्लेख गरेकी छन् । यस्तै विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो सेयर रहेको समेत सुसाइड नोटमा उल्लेख गरेको राईले जानकारी दिए ।
बुधबार बिहान ती युवतीलाई शौचालयभित्र बेहोस अवस्थामा बैंकका कर्मचारीले फेला पारेका थिए । छेउमा विषादीको बट्टासँगै ब्लेडले आफ्नो देब्रे हात काटेको अवस्थामा भेटिएकी थिइन् । तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
खतिवडाको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । प्रहरीले बैङ्कको सिसीटिभी फुटेज झिकेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?