शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा नेपाली सेना र बैंक कर्मचारीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २२ साउन २०७७, १० : ४०
बिहीबार, २२ साउन २०७७

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,  बैंक कर्मचारी डाक्टर सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा ७ वर्षका देखि ७३ वर्ष सम्म रहेका छन् । 

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार बिहिबार बिहान संक्रमण पुष्टि भएका ४३ जनामा वीरगन्ज ब्यारेकका १२ जना नेपाली सेना रहेका छन जस मध्ये ६ जना वीरगन्ज कारागारमा सुरक्षार्थ खटेका छन भने वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ५ जना रहेका छन् । 

नेपाल इनभेस्टमेन्ट बैंक वीरगन्ज शाखामा कार्यरत २८ बर्षका १ जना पुरुष रहेको छ । वीरगन्ज महानगरपालिकाका वडा नम्बर १० की ३५ बर्षिय नारायणी अस्पतालमा उपचारर्थ १ जना मृगौला रोगी महिला रहेकी छिन् ।

त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ बर्ष देखि ७३ बर्षका सम्मका २३ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका वडा नम्बर २ का २७ बर्षका १ जना पुरुष , पोखरिया नगरपालिका वडा नम्बर ६ का ३३ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए । उनले भने भारतिय दुतावास वीरगन्जमा ३० बर्षका १ जना पुरुष समेत रहेको बताए ।
 
त्यसैगरी बारा जिल्ला देवताल गाँउपालिका ३३ बर्षका १ जना पुरुष , बारा जिल्ला प्रसौनी २ की ७३ बर्षिय १ जना वद्घ महिला रहेकी छिन्, रौतहट जिल्ला मौलापुरका २७ बर्षका १ जना पुरुष छन् भने महोत्तरी जिल्लाका ३७ बर्षका १ जना डाक्टर समेत रहको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप