मध्यरातमा पानीसँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति

मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पु¥याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो ।
मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको केराखेतीमा क्षति पु¥याएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनियाले जानकारी दिए ।
कावासोतीको वडा नम्बर २, ३ र १६ मा गरी रु ७० लाखभन्दा बढीको क्षति भएको मर्दनियाको भनाइ छ । आगामी दशैँका लागि लक्षित गर्दै किसानले केरा उत्पादनको तयारी गरेको तीनवटै वडामा लगाइएको खेराखेतीमा पूर्ण क्षति पुगेको उनले बताए ।
हावाहुरीले केराखेतीमा पु¥याएको क्षतिको बारेमा स्थलगत अध्ययन गरी यकिन तथ्याङ्क लिने काम भइरहेको समेत उनले जानकारी दिए ।
नगरपालिकामा केरा किसानहरुले दिएको क्षतिको प्रारम्भिक तथ्याङ्कअनुसार रु ७० लाखभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । हावाहुरीका कारण किसानले लगाएको केराको बोट भाँच्चिएको तथा जराबाटै पल्टिएको जनाइएको छ ।
यस क्षेत्रका किसानले ६०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरुपमा केराखेती गर्दै आएका छन् । पछिल्लो समय नेपाली केराले बजार नपाउने, उचित मूल्य नपाउने, हावाहुरीलगायतका प्राकृतिक कारणबाट नोक्सानी व्यहोर्न बाध्य हुँदा किसान केराखेतीबाट पलायन हुने क्रम बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना