कनकासुन्दरी गाउँपालिकास्थित स्वास्थ्य चौकी सिल
बिहीबार, २२ साउन २०७७, १० : ०२
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं ८ स्थित पाण्डब गुफा स्वास्थ्य चौकीमा लामो समय बसेर गएकी एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनासंक्रमण पुष्टिपछि सो स्वास्थ्य चौकी सिल गरिएको छ ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएकी ती महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी इन्चार्ज पद्मा रावतले जानकारी दिइन् । संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ ।