देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको दर यही अवस्थामा रहेमा भदौदेखि शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्ने बताएका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँगको अन्तरक्रियामा उनले ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने आरोपमा दम नरहेको समेत बताए ।
उनले स्वास्थ्य सामग्री खरिद गर्दा ‘भ्रष्टाचारको बात लागेको’ गुनासोसमेत गरे । अनियमितता भए/नभएकोबारे छानविन भइरहेको र सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै उनले आफूविरुद्ध गलत आरोप लगाइएको प्रष्ट पारे । उनले पैसा कमाउनुपर्ने अवस्था आएमा आफू राजनीतिमा नरहने पनि प्रष्ट पारे । भ्रष्टाचार नगर्दा पनि आफूमाथि बात लागेको उनको गुनासो थियो ।
प्रस्तुत छ, मन्त्री ढकालले व्यक्त गरेका धारणा–
कोरोनाभाइरस सबैको साझा दुश्मन भएकोले सबैजना एउटै कित्तामा उभिनुपर्छ । कोरोनामाथि विजय प्राप्त गर्नका लागि सबैजना सँगै लड्नुपर्छ । फ्रन्टलाइनमा बसेर काम गर्ने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको मनोबल बढाउने र उत्साहित बनाउने भूमिका मिडियाले पनि निर्वाह गर्नुपर्छ । नेपालमा कोरोना संक्रमणसम्बन्धी जनस्वास्थ्य विज्ञहरूले अनुमान गरेअनुसार साउन २५ देखि भाद्र २ गतेसम्म कोरोना संक्रमणको खराब अवस्था रहन्छ । यो अवस्थामा लकडाउन कडा भए पनि भदौ २ गतेसम्म खराब अवस्थामा पुग्न पनि सकिन्छ भन्ने विज्ञहरूको अनुमान थियो । तर लकडाउन खुकुलो भएमा
साउन २५ गतेसम्म संक्रमण दर उच्चतम विन्दुमा पुगी कोरोना संक्रमित ९१ हजारजनासम्म पुग्न सक्छ । मध्यमखालको विन्दुमा पुग्दा संक्रमितको संख्या ३९ हजार जना पुग्न सक्ने मन्त्रायलयको विश्लेषण थियो ।
मन्त्रालयले केही दिन अघि त्यस प्रक्षेपणलाई समीक्षा ग¥यो । अहिलेसम्मको संक्रमितको उच्चतम बिन्दु असार १६ गते हो । त्यो बेला अहिलेसम्मको उच्च जोखिमको आधारमा जाँदा १२ हजारभन्दा माथि थियौँ । मध्यम खालको संक्रमण जोखिममा जाँदा ४ हजारभन्दा माथि हुन्छ भन्ने थियो तर त्यस दिनसम्म १० हजार ३ सय ४१ जना कोरोना संक्रमित भेटिए । यो अहिलेसम्मको संक्रमितको उच्च बिन्दु हो । त्यहाँदेखि यता पोजेटिभको संख्या १० हजारभन्दा माथि गएको छैन ।
हाल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । संक्रमित निको भएर घर फर्किने ७२ प्रतिशत भएको हुनाले संक्रमित करिब ६ हजार पुग्न लागेको छ । हाल आइसोलेसनमा करिब ६ हजार जना छन् । संक्रमितको संख्या बढ्दै गएर एउटा विन्दुमा पुगेर ग्राफमा तल झर्दा दैनिक ३० वटा केशमा सीमित राख्न सकिन्छ कि भन्ने हाम्रो बुझाइ थियो । तर यो यथार्थतामा परिणत भएन । हामी त्यो ढङ्गले लिडिङ गर्ने ठाउँमा जान सकेनौँ कि ? फेरि संक्रमितको ग्राफ माथि लागेको छ ।
त्यसबेला निको भएर घर फर्किनेको संख्या धेरै थियो । पछिल्ला ४/५ दिनमा पोजेटिभ केश बढी छ भने निको भएर फर्किनेको संख्या कम हुँदै आएको छ ।
सरकारले जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख जनाको कोरोना परीक्षण गर्ने योजना बनाएर अघि बढेको छ । सरकारले पहिलादेखि नै भन्दै आएको छ । ६ लाख जनालाई परीक्षण गर्नको लागि सामग्रीको कुनै समस्या छैन । ६ लाख जनामा परीक्षण गरिसकेपछि पनि यही अवस्था भइरहे परीक्षणलाई अगाडि बढाउछौँ ।
नियन्त्रण भइसकेका ठाउँमा पुनः संक्रमण
अन्य देशमा एक ठाउँमा कोरोना संक्रमण देखिएर नियन्त्रण भइसकेपछि फेरि त्यही ठाउँमा संक्रमण कम देखिएको छ । तर हाम्रो देशमा भने विरगन्ज, कपिलवस्तुमा पहिला एक पटक संक्रमित भेटिए । अहिले फेरि कोरोना संक्रमित त्यही ठाउँमा पुनः पहिलाको भन्दा फरक ढङ्गले संक्रमित देखिन थालेका छन् । ‘परीक्षण धेरै गरेको भए संक्रमित धेरै देखिन्थे, सरकारले परीक्षण नगरेको कारण संक्रमित भेटिएन’ भन्ने गुनासो सबैतिरबाट आएको छ । तर तथ्यले त्यति सजिलै सहमति जनाएको छैन । केही दिन अघि १० हजार ७ सय ८३ जनालाई परीक्षण गर्दा २ सय २४ जनामा कोरोना पोजेटिभ देखियो । तर असार १९ गते ४ हजार ४ सय ८३ जनाको कोरोना परीक्षण गर्दा अहिलेसम्मकै धेरै ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भयो । धेरै परीक्षण गर्दा धेरै पोजेटिभको संख्या बढ्ने पनि भएन ! धेरै परीक्षण गर्दा संक्रमित धेरै देखिने र कम परीक्षण गर्दा कम देखिन्छ भन्नेभन्दा पनि कस्तो स्थानमा परीक्षण गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ । त्यसै कोरोना परीक्षण गर्ने कुरामा प्रतिबद्ध छौँ ।
सरकारले जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख जनाको कोरोना परीक्षण गर्ने योजना बनाएर अघि बढेको छ । सरकारले पहिलादेखि नै भन्दै आएको छ । ६ लाख जनालाई परीक्षण गर्नको लागि सामग्रीको कुनै समस्या छैन । ६ लाख जनामा परीक्षण गरिसकेपछि पनि यही अवस्था भइरहे परीक्षणलाई अगाडि बढाउछौँ ।
परीक्षणको पछिल्लो विधि
सीमा क्षेत्रबाट हिँडेर आउनेलाई होल्डिङ गरेर क्वारेन्टिनको व्यवस्था गर्ने, त्यहीँ पीसीआर परीक्षण गर्ने, परीक्षण गर्दा नेगटिभ आएमा स्थानीय तहको क्वारेन्टिनसम्म पु-याउने व्यवस्था मिलाउने र पोजेटिभ आएमा संक्रमितको अवस्था हेरेर अस्पताल तथा आइसोेलेशन सेन्टरमा राख्ने । हवाई मार्ग हुँदै आउनेहरूलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा सम्बन्धित ठाउँमा जान पाइन्छ । पोजेटिभ भएमा आइसोलेसन सेन्टर, अस्पतालमा जानुपर्छ ।
कोरोना समुदायस्तरमा फैलिएको हो कि होइन भनेर पत्ता लगाउन -यान्डम्ली परीक्षण गर्दा थोरै केश पोजेटिभ पुष्टि भए । यसरी १२ हजार जनाको परीक्षण गर्दा ५ जनामा कोरोना भएको पाइयो । तर ५ जना संक्रमित भेटिनुलाई पनि उपलब्धि मान्नुपर्छ । किनभने ती ५ जनाबाट पनि धेरैलाई फैलिन सक्थ्यो । संक्रमितको संख्या कम भएर ढुक्क हुनुहुँदैन ।
कोरोना समुदायमा फैलिएको हो कि होइन ?
कोरोना समुदायस्तरमा फैलिएको हो कि होइन भनेर पत्ता लगाउन -यान्डम्ली परीक्षण गर्दा थोरै केश पोजेटिभ पुष्टि भए । यसरी १२ हजार जनाको परीक्षण गर्दा ५ जनामा कोरोना भएको पाइयो । तर ५ जना संक्रमित भेटिनुलाई पनि उपलब्धि मान्नुपर्छ । किनभने ती ५ जनाबाट पनि धेरैलाई फैलिन सक्थ्यो । संक्रमितको संख्या कम भएर ढुक्क हुनुहुँदैन । विषादी थोरै भए पनि नकारात्मक असर पु¥याउँछ । सीमापारीबाट सीमा वारि हुँदै काठमाडौंसम्म आएकाले उपत्यका जोखिममा परेपछि नाकाहरूमा स्वाब परीक्षणलाई अगाडि बढाएका छौं ।
उपत्यका प्रवेश गर्नेको स्वाब परीक्षण गर्दा हामीलाई तरङ्गित बनायो । संक्रमित पहिचान गर्न सजिलो भए पनि केही गल्ती पनि भएको छ । उताबाट आएर स्वाब परीक्षण त गरियो, स्वाबको नतिजा नआउँदै घरमा नजानुस् भनेनौँ ।
स्वाब परीक्षण गर्न दिएका केहीले गलत नम्बर दिँदा पनि समस्या हुुन्छ । हाम्रो देश यस्तो छ कि डाक्टर नै स्वाब परीक्षण गर्न दिने अनि अरुको नाम, मोवाइल नम्बर राखिदिने गर्नुुहन्छ । पोजेटिभ नतिजा आएपछि खोज्दा दुई दिन लाग्छ । सर्वसाधारण जनताले के गर्छन् ? सुरुमा लकडाउन नै समस्याको समाधान हो भन्ने कुरा हामीलाई मात्रै लागेको होइन । लकडाउन गर्न पहिला राष्ट्रिय सहमतिजस्तै थियो । कोरोना संक्रमणलाई नेपालमा फैलिन नदिनका लागि लकडाउन ग¥यौँ । कष्ट सहेर पनि नेपाली जनताले आत्मसात् गर्नुभयो । तर सुरुवाती समयको बुझाइ र अहिलेको बुझाइ परिस्कृत हुँदै आएको छ । सुरु–सुरुमा कोरोनाप्रतिको बुझाइ बर्खा लागेपछि हराउँदै जान्छ भन्ने थियो । पछि बर्खामा झन् संक्रमित बढ्न थाले । कोरोना हिउँद, बर्खा दुवै पचाउने गरेर आएको रहेछ ।
जोखिम कहाँ कहाँ छ ?
नेपालमा कोरोना नफैलिदै आतंक धेरै फैलियो । लकडाउन खुलेपछि, संक्रमित १५÷१६ हजार जना पुगेपछि कोरोना भन्ने ‘यस्तै त रहिछ नि !’ मानौं कोरोनाको कुनै प्रभाव नै छैन झै गरेर बाहिर हिँडेको पाइन्छ । सावधानी अपनाउने कुरामा सुरुवाती दिनमा अति डरायौं, अहिले यो केही होइन भन्नेखालको मनोविज्ञानले पनि जोखिम बढाएको छ । जोखिम भएको ठाउँ जस्तै, प्रहरीहरूले मेसमा खाना खानु हुन्छ । बोर्डरबाट काठमाडौँ फर्किएका प्रहरीलाई १४ दिन क्वारेन्टिन राखेर परीक्षण गरेको भए कोरोना फैलिने थिएन । स्याङ्जा जिल्लामा धेरै प्रहरी संक्रमित भए । यस्तै, काठमाडौंको सुरक्षाकर्मीमा पनि त्यसको प्रभाव छ । डाक्टर, नर्समा प्रभाव गरेको छ । सामूहिक रुपमा बसेर खाना खाने ठूलो परिवार भएको ठाउँमा प्रवेश गरेपछि जोखिम बढेको छ । विगतका दिनमा २० देखि ४० वर्ष उमेर समूहका मानिसमा जोखिम थियो । किनभने रोजगारीका लागि देशबाहिर त्यही उमेर समूहका गएका थिए । वर्तमान समयमा भने ६० वर्ष उमेर काटेका र कुनकुनै रोग लागेका मानिसमा संक्रमण पुग्दै छ । त्यसैले हाम्रो लागि उच्च जोखिम भएकाले सावधानीका साथ काम गर्नुपर्ने हुन्छ ।
देशव्यापी रुपमा एउटै खालको लकडाउन हुँदैन । जस्तै, भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूले पूर्ण सावधानी अपनाउनुपर्छ । संक्रमण फैलिएको अवस्थामा एक जिल्लाबाट अर्को जिल्ला जान–आउन पनि लकडाउनको मोडालिटी बनाएर निश्चित अवधिका लागि प्रतिबन्ध लगाउनुपर्ने स्थिति पनि आउन सक्छ । जस्तै, विरगन्जमा भइरहेको गतिविधिलाई सबैतिर जान दियो भने जोखिम बढ्न सक्छ । पहिला विदेशबाट आउनेबाट जोखिम थियो, अब काठमाडौंमा जुनसुकै स्थानबाट आए पनि जोखिम छ । भदौ १ गतेदेखि सबै शैक्षिक संस्था, हवाई उडान खुल्छ, झन् जोखिम हुन्छ कि भन्ने खालका प्रश्न उठेको छ । यो कुरा चाहिँ हामीले कुन सन्दर्भमा भनेको हौं भने पहिला प्रक्षेपण गर्दा तीव्र गतिमा संक्रमणको दर बढेमा ९१ र मध्यम गतिमा बढेमा ३९ हुन्छ भनेका थियौँ । हिजोआज जस्तैगरी संक्रमितको संख्या बढ्दै गएमा भदौ महिनामा शैक्षिक संस्था, हवाई उडान र सार्वजनिक यातायात संचालन गर्ने कार्यसूची परिमार्जन हुन सक्छ ।
क्याविनेटको बैठकले अघिल्लो दिन एक हप्ता तयारी गरेरमात्र ल्याउने कुरा ग-यो । त्यसको भोलिपल्ट उज्यालो भएपछि एक दिनमा २५ हजार जना नाका हुँदै नेपाल आउनुभयो । १ सय जना राख्न तयार गरेको विद्यालयमा १ हजार मान्छे आउँदा के क्वारेन्टिन भयो ? १ लाख ७२ हजारभन्दा धेरै मानिस ७ दिनमा नेपाल आउनुभयो । उहाँहरूलाई क्वारेन्टिनको नाममा गाउँ जान रोकेर त्यही ठाउँ राख्दै यो समयसम्म आयौं ।
भारतमा संक्रमण न्यूनीकरण नभएसम्म नेपालमा ढुक्क हुने अवस्था छैन । अब नेपालमा चाडपर्वको शृङ्खला पनि सुरु भयो । चाडपर्व कसरी मनाउने भनेर मन्त्रालयले प्रोटोकल बनाएर मन्त्रीस्तरीय बैठकले निर्णय गरेको छ ।
क्वारेन्टिन, आइसोलेशन सेन्टर
क्वारेन्टिन र आइसोलेशन सेन्टर विगतमा अव्यवस्थित भएका कुरा सार्वजनिक भए । क्वोरिन्टनमा बस्नेहरूको अनुभवले राम्रो छैन भन्ने पाइयो । यो कुरा ठिक हो । किनभने क्वारेन्टिन भनेर स्कुल, सार्वजनिक भवनमा बनायौँ । गाउँमा आउने मान्छेलाई राख्ने ठाउँ भनेकै तिनै ठाउँ भए । त्यही ठाउँमा १ सय जना मानिस राख्ने योजना बनाएकोमा १ हजार जनालाई राख्नु प¥यो ।
क्याविनेटको बैठकले अघिल्लो दिन एक हप्ता तयारी गरेरमात्र ल्याउने कुरा ग-यो । त्यसको भोलिपल्ट उज्यालो भएपछि एक दिनमा २५ हजार जना नाका हुँदै नेपाल आउनुभयो । १ सय जना राख्न तयार गरेको विद्यालयमा १ हजार मान्छे आउँदा के क्वारेन्टिन भयो ? १ लाख ७२ हजारभन्दा धेरै मानिस ७ दिनमा नेपाल आउनुभयो । उहाँहरूलाई क्वारेन्टिनको नाममा गाउँ जान रोकेर त्यही ठाउँ राख्दै यो समयसम्म आयौं ।
विगतमा सीमा नाका हुँदै आएर क्वारेन्टिनमा बस्ने स्थानीयहरूको दिनमा ३५ हजार स्वाब संकलन गरेर परीक्षणको लागि केन्द्रमा पठाइयो । केन्द्रमा दिनमा ३५ सय जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमता थियो । त्यसैले समयमै रिपोर्ट दिन समस्या भयो । त्यस समयमा पनि स्थानीय तहले केन्द्रमा परीक्षण गर्न पठाएका छौं भन्दै सीमा नाका हुँदै फर्किकालाई व्यवस्थापन गरे । हाम्रो त्यो बाध्यता थियो । आइसोलेशन सेन्टरका बारेमा हामीले पछि सोचेका हौं । पहिला कोरोना पोजेटिभ देखिनेबित्तिकै अस्पताल पु¥यायौं । सक्रिय संक्रमण नभएका तथा अस्पतालको उपचार आवश्यक पर्नेलाई आइसोलेशन सेन्टरमा राख्ने व्यवस्था ग¥यौं । लक्षणसहितका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था ग¥यौं । हाल क्वारेन्टिनमा बस्नेको संख्या १० हजार छ । अस्तव्यस्त भएको कुरालाई व्यवस्थित बनाउँदै दिनमा १० हजारभन्दा माथिको संख्यामा कोरोना परीक्षण गर्छौं । एक दिन १८ हजार जनाको कोरोना परीक्षण गर्ने क्षमता छ । दैनिक सीमा नाका हुँदै आउने १ हजार देखि १५ सय जनाको परीक्षण गर्छौंै । १ हजार भारतीय नाका, ५ सय हवाई मार्ग हुँदै आएकाहरूलाई कोरोना परीक्षण गर्न सक्छौं ।
अनियमितताको आरोप लाग्यो
स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अनियमितता भए÷नभएको बारेमा सम्बन्धित निकायले छानविन गरिरहेको छ । पैसा कमाउनका लागि म आएको होइन । सम्पत्ति कमाउनुपर्छ भन्ने मलाई लाग्यो भने त्यो दिन एउटा वक्तव्य निकालेर राजनीतिबाट राजीनामा दिन्छु भनेर म स्वास्थ्य मन्त्रालयमा आउँदा नै भनेको थिएँ । त्यसपछि धेरै साथीलाई गाह्रो भयो । अनियमितताको बात लगाउने योजना अन्तर्गत यो भएको हो । खरिद प्रक्रियाका विषयमा अनुसन्धान नि भइरहेकाले झुटा कुरा धेरै समय टिक्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?