बेरुतमा बिस्फोटपछि लेबनानमा एक महिनाको लागि पनि पुग्दैन अन्नपात
लेबनानको राजधानी बेरुतमा मंगलबार बेलुकी भएको विनाशकारी बिस्फोटमा हालसम्म १ सय ३५ जनाको ज्यान गइसकेको छ र चार हजारभन्दा बढी घाइते भएका छन् ।
उद्दारकर्मीले भत्किएका भवनमा थिचिएका मानिसहरुलाई निकाल्ने कोसिस गरिरहेका छन् । बिस्फोटमा लेबनानको मुख्य अन्न भण्डार पनि बर्बाद भएको छ । यो बिध्वंशपछि लेबनानसँग एक महिनाभन्दा पनि कमका लागि सुरक्षित अन्नपात बचेको छ ।
बुधबार लेबनानका अर्थमन्त्री राउल नेह्मेले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा लेबनानसँग एक महिनाभन्दा पनि कमको सुरक्षित अन्नपात बचेको तर आटा पर्याप्त भएकोले संकटबाट बच्न सकिने बताएका छन् । अर्थमन्त्रीले कम्तीमा तीन महिनाका लागि सुरक्षित अन्नपात हुनुपर्ने बताएका छन् । बिस्फोट अघिदेखि नै लेबनान आर्थिक संकटसँग जुधिरहेको छ र अन्नपात आयात गर्नका लागि यो देशसँग पैसा पनि छैन । अर्थमन्त्रीले बिस्फोटमा ध्वस्त भएको अन्न भण्डारमा कम्तीमा १५ हजार टन अन्न बर्बाद भएको छ, यद्यपि यसको क्षमता एक लाख २० हजार टनको हो ।
लेबनानले धेरैजसो खाद्य सामग्री आयात गर्छ र अन्नको एउटा ठूलो हिस्सा पोर्टमा भण्डार गरेर राखिन्छ । तर बिस्फोटका कारण भण्डार गरिएको अनन पूर्ण रुपमा काम नलाग्ने भएको छ । लेबनानको खाद्य संकटको चरम अभावको स्थितीमा रहेको छ ।
बेरुतमा भएको बिस्फोटको महत्वपूर्ण जानकारीः
के भयो ?
मंगलबार बेलुका सुरुमा बेरुतको तटीय इलाकामा बिस्फोटको खबर आयो । प्रत्यक्षदर्शीका अनुसार त्यसपछि आगलागी भयो र सानो बिस्फोट भयो, जसको आवाज पटकाको जस्तै दियो ।
सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार एउटा गोदामबाट सेतो धुँवाको मुस्लो उडिरहेको छ । त्यससँगै त्यहाँ एउटा अन्न भण्डार पनि थियो । त्यसपछि एउटा विनाशकारी बिस्फोट भयो, यो यति शक्तिशाली थियो कि पूरा शहरमा आगोको लप्का र धुँवाको मुस्लो फैलियो ।
दोस्रो बिस्फोट पोर्टको नजिकको भवनमा भयो र यसको असर पूरा बेरुत शहरमा पर्यो । बेरुत २० लाख व्यक्तिको घर हो । हेर्दा हेर्दै अस्पताल पीडितले भरियो । लेबनानी रेडक्रसका प्रमुख जर्ज केटेनीले भने, ‘हामी विनाशकारी घटनाका साक्षी बन्यौं । चारैतिर घाउ र विध्वंशको स्थिती थियो ।’
बिस्फोट कति शक्तिशाली थियो ?
विशेषज्ञले बिस्फोटको आकार बारे पत्ता लगाउन सकेका छैनन् । तर यो यति शक्तिशाली थियो कि जहाँ बिस्फोट भयो त्यहाँभन्दा ९ किलोमिटर टाढा बेरुत अन्तरराष्ट्रिय विमानस्थलका सिसा फुट्न थाले ।
यहाँभन्दा २ सय किलोमिटर टाढा साइप्रसमा बिस्फोटको आवाज गुञ्जियो । अमेरिकाका भूकम्प वैज्ञानिकले यो बिस्फोट ३.३ म्याग्निच्यूडको भूकम्प बराबर भएको बताए ।
बिस्फोटको कारण के हो ?
लेबनानका राष्ट्रपति माइकल इयोनका अनुसार पोर्टको एक गोदाममा २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिएको थियो । बिस्फोटका लागि राष्ट्रपति इयोनले यसै अमोनियम नाइट्रेटलाई जिम्मेवार बताएका छन् । यही मात्रामा सन् २०१३ मा एक पोतबाट रसायन जफत गरिएको थियो । अमोनियम नाइट्रेट क्रिस्टलजस्तो हुन्छ ।
सामान्यतय यसको प्रयोग नाइट्रोजनको रुपमा खेतलाई उर्भर बनाउनका लागि हुन्छ तर यसको प्रयोग इन्धन तेलका साथै बिस्फोटक बनाउन पनि गरिन्छ । यो उत्खनन र निर्माण उद्योगमा पनि काम लाग्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई बेरुत बिस्फोट कुनै भयावह हमलाको नतिजा भएको जस्तो लाग्छ । तर अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई हमलाको आशंकाको पक्षमा कुनै ठोस् तर्क नभएको बताएका छन् । सुरुवाती अनुसन्धानमा बिस्फोट लापरवाहीको नतिजा भएको पत्ता लागेको छ ।
विशेषज्ञका अनुसार अमोनियम नाइट्रेटको ठोस् राखिन्छ भने यो अन्य रसायनको तुलनामा असुरक्षित हुन्छ । यद्यपि, अमोनियम नाइट्रेटलाई लामो समयसम्म ठूलो मात्रामा राखिन्छ भने यसको विघटन सुरु हुन्छ र पछि गएर यो बिस्फोटक प्रमाणित हुन्छ ।
इन्धन तेलसँग मिलेपछि ताप पैदा हुन्छ र अन्त्यमा यो बिस्फोट हुने स्थितीमा पुग्छ । अमोनियम नाइट्रेटले धेरैजसो घातक औद्योगिक दुर्घटना निम्त्याएको छ ।
कोमाथि आरोप ?
राष्ट्रपति इओनले यो घटनामा पारदर्शी अनुसन्धानको बचन दिएका छन् । बुधबार दुर्घटना स्थलमा गएपछि उनले भने, ‘हामी यसको तत्काल अनुसन्धान गर्नेछौं र बिस्फोट कुन परिस्थितीमा भएको हो त्यसबारे पत्ता लगाउनेछौं । पूरा घटनामा जसको पनि लापरवाही छ, उनीहरुलाई सजाय दिइनेछ ।’
प्रधानमन्त्री हसन दिआबले पनि यो लापरवाहीलाई अस्विकार्य बताएका छन् । पोर्टका महाप्रबन्धक हसन कोरयातम र लेबनानी कस्टमका महानिर्देशक बाद्री दाहरेले बुधबार अमोनियम नाइट्रेटलाई राख्न लापरवाही गरिएको बताएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर कप टेबलटेनिस सुरु
-
नेपालको यात्रा एक कांस्यमा सीमित
-
औद्योगिकीकरणले मुलुकको विकासमा टेवा : उपप्रधानमन्त्री सिंह
-
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिको अर्को मनोमानी : आफूखुसी २ जनालाई प्रोफेसरमा नियुक्त
-
सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा
-
भीम रावलको प्रतिक्रिया– कारबाही निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज